४ जेठ, २०८१ शुक्रबार

12:44:10 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कामु प्रधानन्यायाधीशको जिम्मेवारी दीपक कार्की लाई

Nepal Business

१ फागुन, २०७८

कामु प्रधानन्यायाधीशको जिम्मेवारी दीपक कार्की लाई

काठमाडौं । प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबरा विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएसंगै जबरा स्वतः निलम्बनमा परेपछि दीपक कुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बन्ने हुनुभएको छ । दोस्रो बरियतामा रहनुभएका कार्कीलाई तत्कालका लागि कायम मुकायम प्रधान न्यायाधीसको जिम्मेवारी दिइने भएको छ । 

संविधानको धारा १०१ (६) अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म कुनै कामकार्बाही गर्न पाइँदैन । सत्तारुढ गठबन्धनका गगन थापा, मीनेन्द्र रिजाल, पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ लगायत ९८ सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग दर्ता गराएका छन् ।

कार्कीले संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषदको पनि कामु अध्यक्ष भएर काम गर्ने जनाइएको छ ।