३ जेठ, २०८१ बिहिबार

10:46:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आज बाँडफाँड हुने

१ फागुन, २०७८

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आज बाँडफाँड हुने

काठमाडौं

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीले माघ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) आज बाँडफाँड हुन लागेको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । लघुवित्तको आईपीओ आज दिउँसो ४ बजे टाइम स्क्वायर रेष्टुरेन्ट, बालुवाटार, काठमाडौँमा बाँडफाँड हुने प्रभु क्यापिटल ले जनाएको छ ।  निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल का अनुसार लघुवित्तले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को शुक्रबार प्रि–अलटमेन्ट सम्पन्न भएको ।

कम्पनीको आईपीआमा माग भन्दा धैरै बढी आवेदन परेकाले १० कित्ता सेयर पाउन पनि भाग्यमा नै भर पर्नु पर्ने छ । पछिल्लो समय आईपीआमा आवेदन दिनेहरुको संख्या बढ्दै गहिरहेको छ ।

कम्पनीको आईपीआमा अन्तिम दिनसम्ममा २६ लाख ५९ हजार ५४० जनाले ३ करोड २५ लाख २० हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ६६दशमलव ६५ गुणा बढी हो । उक्त आईपीआमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रताबाट बाँडफाँड गरिने छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।  जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएको थियो । भने बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सर्वसाधारणहरूलाई छुट्ट्याइएको थियो ।