४ जेठ, २०८१ शुक्रबार

11:17:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

Nepal Business

१ फागुन, २०७८

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेपाली कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीले आज प्रस्ताव दर्ता गराएका हुन् । 

यसैबीच राणाविरुद्ध नेपाल बारले आजदेखि पुनः आन्दोलन सुरू गरेको छ । प्रधानन्यायाधीशमाथि महाअभियोग दर्ता हुनेबित्तिकै पदबाट निलम्बित हुने प्रावधान रहेको छ । यद्यपि उक्त प्रस्तावलाई संसदमा दुईतिहाइले स्वीकृत वा अस्वीकृत गर्नुपर्ने संवैधानीक व्यवस्था रहेको छ । 
संबैधानीक नियुक्ती लगाएतका विषयलाई लिएर विवादमा मुछिँदै आउनुभएका प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्ताव दर्ता भएसंगै राजनीतिक वृत थप गर्मागर्मी बन्दै गएको छ ।