२३ बैशाख, २०८१ आइतबार

03:25:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मधेश सरकारले जनयुद्ध दिवस मनाउँदै, सार्वजनिक बिदा दिइयो

Nepal Business

१ फागुन, २०७८

मधेश सरकारले जनयुद्ध दिवस मनाउँदै, सार्वजनिक बिदा दिइयो

जनकपुरधाम । 
मधेश प्रदेश सरकारले आज जनयुद्ध दिवस मनाउँदैछ । यसअघि मधेश बलिदानी दिवस मनाउँदै आएको यो सरकारले यसपटक तत्कालीन माओवादी केन्द्रले सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा जनयुद्ध दिवस मनाउन लागेको हो ।
मधेश सरकारमा गत साउनदेखि नेकपा माओवादी केन्द्र पनि सहभागी भएको छ । यो पार्टीले आन्तरिम मामिला तथा संचार मन्त्री र राज्य मन्त्री पाएको छ । माओवादीको तर्फबाट सरकारमा सहभागी भएका आन्तरिक मामिला तथा संचार मन्त्री भरत साहको प्रस्तावमा मधेश प्रदेश सरकारले यो दिवस मनाउन लागेको छ ।

कार्यक्रममा जनयुद्धका शहीद परिवारलाई आर्थिक सहयोगसहित सम्मान गरिने छ । प्रदेशका प्रत्येक जिल्लाबाट पाँच, पाँच जना गरी ४० जनालाई एक लाखका दरले आर्थिक सहयोगसहित सम्मान गर्ने कार्यक्रम रहेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ । जनयुद्ध दिवस मनाउन प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।