२३ बैशाख, २०८१ आइतबार

04:47:42 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल युएईसँग २५ रनले पराजित, सन्दिप लामिछानेको कप्तानी सुधारिँदै नेपाल

२९ माघ, २०७८

 नेपाल युएईसँग २५ रनले पराजित, सन्दिप लामिछानेको कप्तानी सुधारिँदै नेपाल

काठमाडौं ।

चारदेशीय टी २० सिरिजको दोस्रो खेलमा नेपाल युएईसँग २५ रनले पराजित भएको छ । ओमानको मस्कटमा भएको खेलमा युएईले दिएको १९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा  ५ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४१, आशिफ सेखले ३४, लोकेश बमले ३३, ज्ञानेन्द्र मल्लले २२, आरिफ सेखले ११ र शरद भेषावकरले १० रन बनाए ।  ज्ञानेन्द्रले ६ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए । ज्ञानेन्द्र १९ बलमा २२ रन बनाएर आउट भए । दोस्रो विकेटको रुपमा दशौँ ओभरमा आउट भएका आसिफले २९ बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा ३४ रन जोडे ।

टस हारेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनाएको थियो । युएईका ओपनर चिराग सुरीले ५३ बल खेल्दै ५ चौका र ५ छक्का मद्दतमा अविजित रहँदै सर्वाधिक ८४ रन बनाए । यस्तै रोहन मुस्ताफाले ४९, मुहम्मद वासिमले २२ र बसिल अमिदले १७ रन जोडे । मोहम्मद बुटाले अविजित १४ रन बनाए । नेपालका लागि कप्तान सन्दीप लामिछाने, शाहब आलम र आरिफ शेखले समान एक विकेट लिए ।