२३ बैशाख, २०८१ आइतबार

11:29:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ओमानमाथि नेपालको शानदार जित

Nepal Business

२८ माघ, २०७८

ओमानमाथि नेपालको शानदार जित

काठमाडौँ । चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले ओमानमाथि शानदार जित निकालेको छ । १ सय ३६ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव २ ओभरमा ४ विकेट गुमाउदै जित हात पारेको हो ।

ओमानको अल अमेरात क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ओमनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै नेपाललाई १ सय ३५ रन दिएको थियो ।

चारदेशीय टी–ट्वान्टी सिरिज खेलिरहेको नेपालले भोलि(शनिबार) युएई संग प्रतिष्पर्धा गर्ने छ । सिरिजको अन्तिम दिन फेब्रुअरी १४ मा नेपाल र आयरल्याण्डबीच प्रतिष्पर्धा हुने छ ।

नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिएका हुन् भने कप्तान सन्दीप लामिछाने, आरिफ शेख र कमल ऐरीले एक–एक विकेट लिएका हुन् ।

ग्लोबल छनोट ‘ए’ खेल्नु भन्दा पहिले चारदेशीय टी–ट्वान्टी सिरिज खेलिरहेको नेपालले भोलि(शनिबार) युएई संग प्रतिष्पर्धा गर्ने छ । सिरिजको अन्तिम दिन फेब्रुअरी १४ मा नेपाल र आयरल्याण्डबीच प्रतिष्पर्धा हुने छ ।

ग्लोबल छनोट ‘ए’ मा नेपालसहित ओमान, क्यानडा, बहराइन, आयरल्यान्ड, जमर्नी, युएई र फिलिपिन्स गरि आठ टोली छन् । जसको समूह ‘ए’ मा नेपाल, ओमान , क्यानाडा र फिलिपिन्स रहेका छन् भने समूह ‘बी’ मा बहराईन, आयरल्यान्ड, जर्मनी र युएई रहेका छन् ।