१० मंसिर, २०८१ सोमबार
09:24:03 AM
२८ माघ, २०७८
काठमाण्डौ ।
कुनै समय संजिवनी बुटी जस्तै लाग्ने अक्सिजन सिलिण्डरको चर्चा अहिले खास छैन । कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको समयमा देशभर अक्सिजन हाहाकार भयो । यस समयमा विदेशबाट अक्सिजन ल्याउने मन्त्रीको निर्णय, अक्सिजन फलानो देशबाट हिड्यो, सिमानाका आइपुग्यो, नेपाल भित्रियो यति सय, यति हजार अक्सिजन सिलिण्डर भन्ने समाचार मुख्य समाचार बन्ने गरेका थिए ।
यसैगरी एउटा मात्र अक्सिजन सिलिण्डर स्वास्थ्य चौकीमा राख्न पाउँदा ढुक्क हुने समय पनि यही थियो । अस्पतालमा वेड नपाएर पेटिमा छट्पटिएका दृश्यहरु सामाजिक सञ्जालमा आउँदा साँच्चै धेरैको मन छोयो । अक्सिजनका लागि नागरिकको दबाव र सहभागिता समेत रह्यो ।
हरेक पालिका र वडा तहसम्म स्वास्थ्य सेवा विभाग अन्र्तगतको आपूर्ति महाशाखाले अक्सिजन सिलिण्डर, सेनिटाईजर, माक्स, ग्लोव्स, थर्ममिटर, अक्सिमिटर, अक्सिजन क्नसर्नट्रेटर लगाएतका सामग्री उपलब्ध गरायो । स्थानीयतहको अनुरोध पत्रका आधारमा उपलब्ध गराएको उक्त सामग्रीले कोरोना रोकथाम र नियन्त्रणमा पक्कै सहयोग पुगे होला ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले आफ्नो सबै प्रयास र पहल अक्सिजन सिलिण्डरको उपलब्धता र खोपको व्यवस्थापनमा खर्च गरेको थियो । सरकारको सक्रियता र सहयोगी निकायहरुको साथका कारण तत्कालिन समयमा नेपालमा लाखौं सिलिण्डर अक्सिजनको व्यवस्था भयो । हरेक पालिका र वडा तहसम्म स्वास्थ्य सेवा विभाग अन्र्तगतको आपूर्ति महाशाखाले अक्सिजन सिलिण्डर, सेनिटाईजर, माक्स, ग्लोव्स, थर्ममिटर, अक्सिमिटर, अक्सिजन क्नसर्नट्रेटर लगाएतका सामग्री उपलब्ध गरायो । स्थानीयतहको अनुरोध पत्रका आधारमा उपलब्ध गराएको उक्त सामग्रीले कोरोना रोकथाम र नियन्त्रणमा पक्कै सहयोग पुगे होला ।
यसैगरी स्थानीयतह आफै पनि अक्सिजन सिलिण्डर खोज्न र किन्न तयार भए । नागरिकको जिउ ज्यान रक्षाका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुले गरेको सिलिण्डर व्यवस्थापन साच्चै प्रशंसनिय रह्यो । तत्कालिन समयमा अक्सिजन सिलिण्डर व्यवस्थापन गर्ने मानिसको प्रशंसा हुने अवस्था थियो ।
अक्सिजन सिलिण्डरका केही फरक पक्षहरु त्यस समय हो अहिलेका संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आले ९तत्कालिन बन मन्त्री० ले अक्सिजन सिलिण्डरमा आफ्नो फोटो टाँसेर बाँडेको अक्सिजन सिलिण्डर देश तथा विदेशमा रहेका नेपालीकोबीचमा चर्चाको विषय
बनेको । मन्त्री आलेको मात्रै हैन अन्य मन्त्री, सांसद र उच्च पदस्त अधिकारीहरुले कुनै न कुनै रुपमा अक्सिजन सिलिण्डको व्यवस्थापन गर्नेमा तत्कालिन समयमा आफ्नो संलग्नता देखियोस भन्ने चाहन्थे । त्यसैले कतिपयले फोटो खिचाएर सामाजिक सञ्जालमा अक्सिजन सिलिण्डर बाँडियो भन्ने स्टाटस राख्थे त कतिपयले समाचार नै बनाउने गरी पत्रकारलाई जम्मा गरेर सामग्री वितरण गर्थे ।
हुन त यसरी गर्दा के फाईदा पुगेको थियो भने उनिहरुले लगेको सामान कति हो र कति बाँडे भन्ने प्रष्ट हुन्थ्यो । यसैगरी अन्य विभिन्न पदमा रहेकाहरुले आफ्नो निर्वाचन क्षेत्र, गृह नगर र पालिकाहरुमा जननिर्वाचित प्रतिनिधिहरुले अक्सिजन सिलिण्डर लैजान सक्दा ठूलै युद्ध जिते जस्तो हुन्थ्यो ।
यसैगरी कोरोना भईहाले पनि अक्सिजन सिलिण्डर छ भन्ने आम मानिसको सोचाई थियो । तर अहिले गुमनाम अक्सिजन सिलिण्डर कोरोना संक्रमण भएर सबैभन्दा बढि नागरिकको मृत्यु दोस्रो लहरको समयमा भयो । यस समयमा चर्चा चलेको अक्सिजन सिलिण्डर र प्लान्टको कुरा तेस्रे लहलमा त्यति सुन्नमा आएन ।
अहिले पनि कोरोना संक्रमण कम भएको छैन । दैनिक हजारको हाराहारीमा संक्रमित भईरहेका छन् । तर अक्सिजनको सिलिण्डर अहिले गुमनाम जस्तै भएको छ । प्लान्ट जोड्ने र सञ्चालन गर्ने कुरा तत्कालिन समयमा सरकारी र नीति क्षेत्रले उठाएको मुख्य मुद्धा थियो । तर अहिले यसको मर्मत सम्भार र नियमितताको विषयमा भने धेरैको ध्यान जान सकेको छैन ।
तत्कालिन समयमा सञ्चालनमा रहेका कतिपय अक्सिजन प्लान्ट बन्द भईसकेका छन् भने कतिपय बन्द हुने अवस्थामा छन् । यस्तै पछिल्लो समयको उदाहरण हो, लम्जुङमा रहेको अक्सिजन प्लान्ट बन्न भन्ने शिर्षकको समाचार । पहिले लम्जुङमा अक्सिजन प्लान्ट थियो । तर अहिले नचल्ने भएको छ । अक्सिजन प्लान्ट नचल्ने भएपछि जिल्ला अस्पताल लम्जुङले सिलिण्डर पोखरा पठाएर भर्दै आएको छ । अहिले अक्सिजनको खपत कम भएपछि प्लान्ट सञ्चालनमा नआएको कतिपयले बताएका छन् । तर आवश्यक पर्दा प्लान्ट सञ्चालनका लागि चुस्त दुरुस्त राख्नुपर्ने भएपनि त्यस तर्फ कमैको ध्यान गएको पाईएको छ । कुनै समय प्रिय लाग्ने अक्सिजन सिलिण्डर अहिले कतिपयलाई घाँडो जस्तो भएको छ ।