३ मंसिर, २०८१ सोमबार

12:36:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा घट्यो

Nepal Business

२८ माघ, २०७८

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा घट्यो

काठमाण्डौं

बीमा क्षेत्रमा पुरानो इतिहाँस बोकेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको देस्रो त्रैमासिकमा ३९.०३ प्रतिशतले नाफा घटेको छ । कम्पनीले दोस्रो त्रैमासमा सार्वजनिक गरेको तथ्यांकले यसलाई पुष्टि गरेको हो । 

सार्वजनि गरेको विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा ३९.०३ प्रतिशतले घटेर १४ करोड ४१ लाख ८६ हजार रुपैयाँमा सिमित भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ६५ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क भने २४.०२ प्रतिशतले बढेर ६ अर्ब ७९ करोड ७७ लाख ९२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको बीमा शुल्क ५ अर्ब ४८ करोड १३ लाख २१ हजार रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ८ लाख रुपैयाँ र जगेडा कोषमा एक अर्ब १ करोड २२ लाख ६६ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको जीवन बिमा कोषको आकार २४.०२ प्रतिशतले बढेर ४७ अर्ब २१ करोड १२ लाख रुपैयाँ पुगेको छ । यसैगरी कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५ पैसा र कम्पनीको प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ०६ पैसा रहेको छ ।