३ मंसिर, २०८१ सोमबार

12:34:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रभु लाइफ इन्स्योरेन्सको नाफा घट्यो, बीमाशुल्क कति ?

२८ माघ, २०७८

प्रभु लाइफ इन्स्योरेन्सको नाफा घट्यो, बीमाशुल्क कति ?

काठमाडौं
प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको नाफा घटेको छ । कम्पनीको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा २३ दशमलव ४२ प्रतिशत घटेर ६ करोड १९ लाख १० हजार पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ८ करोड ८ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ४१ लाख रुपैयाँ खुद बीमाशुल्क कमाएको छ । यो खुद बीमाशुल्क गत वर्षको सोही अवधिको तुलनामा ६४ दशमलव ६४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ६० करोड ९९ लाख २९ रुपैयाँ बीमाशुल्क कमाएको थियो।

समीक्षा अवधिसम्म कम्पनीले ९ करोड ५५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले १ करोड १३ लाख खुद दाबी भुक्तानी गरेको थियो।  कम्पनीको व्यवस्थापन खर्च १५ दशमलव ४६ प्रतिशतले बढेर  १६ करोड ४१ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च १४ करोड २१ लाख रुपैयाँमा रहेको थियो ।

कम्पनीको हालसम्म कुल बीमा शुल्क ६० प्रतिशतले बढेर ४ अर्ब २९ करोड १२ लाख ७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ६८ करोड ७ लाख १८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको जीवन कोषको आकार बढेर २ अर्ब ६० करोड ९ लाख ७७ हजार ४३२ रुपैयाँ पुुगेको छ। गत वर्ष यही अवधिमा जीवन बीमा कोषमा १ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो।  कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ रहेको छ  भने कम्पनीको जगेडा कोष ४७ दशमलव ८१ प्रतिशत बढेर ४१ करोड ९९ लाख ५९ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६ दशमलव १९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२२ दशमलव ५९ रुपैयाँ रहेको छ ।