३ जेठ, २०८१ बिहिबार

01:10:51 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बिपिडब्लु लघुवित्तले आइपिओ जारी गर्ने, निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल नियुक्त

२८ माघ, २०७८

बिपिडब्लु लघुवित्तले आइपिओ जारी गर्ने, निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल नियुक्त

काठमाडौं
बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) निष्काशन तथा  बिक्री गर्ने भएको छ । कम्पनीले सेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।

बिहिवार मेगा क्यापिटल त्रिपुरेश्वरमा एक कार्यक्रमका बिच कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटललाई नियुक्त गरेको हो ।  सम्झौतापत्रमा संस्थाका निर्देशक सविन प्रधानाङ्ग र मेगा क्यापिटलका चिफ इन्भेस्टमेन्ट अफिसर सुलभ श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

लघुवित्तले सर्वसाधारणका लागि ९७ लाख रुपैयाँ रकम बराबरको ९७ हजार कित्ता सेयर निष्काशन गर्न लागिएको हो । आईपीओ निष्कासनपछि संस्थाको चुक्तापुँजी ३ करोड रुपैयाँ पुग्नेछ।