८ मंसिर, २०८१ शनिबार

04:49:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रिमियर इन्स्योरेन्सको खुद बीमाशुल्क २१ दशमलव ९२ प्रतिशतले बढ्यो

२८ माघ, २०७८

प्रिमियर इन्स्योरेन्सको खुद बीमाशुल्क २१ दशमलव ९२ प्रतिशतले बढ्यो

काठमाडौं
प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको विवरण अनुसार दोस्रो त्रैमाससम्म खुद नाफा १६ दशमलव ७२ प्रतिशतले घटेर १५ करोड ५६ लाख ५९ हजार रुपैयाँ कमाएको थियो ।

गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १८ करोड ६९ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क २१ लशमलव ९२ प्रतिशतले बढेर ४६ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ३७ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १७ दशमलव ३८ प्रतिशतले बढेर १८ करोड ८३ रुपैयाँ पुगेको छ। गत वर्षको यही अवधिमा कम्पनीले १६ करोड ४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो। पुस मसान्तसम्म कम्पनीको चुक्ता पूँजी १ अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४६ करोड ६५ लाख ३६ हजार रुपैयाँ रहेको छ । कोषको आकार गत आर्थिक वर्षको तुलनामा ६२ दशमलव १५ प्रतिशतले बढेकोे छ।

यस्तै, चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा इन्स्योरेन्सको बीमा कोषमा ९१ करोड ६७ लाख रुपैयाँ सञ्चित रहेको छ भने महाविपत्ति कोषको आकार ५ करोड ५ लाख रुपैयाँ छ। कम्पनीको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ९७ पैसा रहेको छ । कम्पनीको प्रति शेयर नेटवर्थ २३३ रुपैयाँ ४३ पैसा रहेको छ ।