३ जेठ, २०८१ बिहिबार

05:30:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आइएमई जनरल इन्स्योरेन्सको मूल्य समायोजनपछि सेयरमूल्य कति ?

२८ माघ, २०७८

आइएमई जनरल इन्स्योरेन्सको मूल्य समायोजनपछि सेयरमूल्य कति ?

काठमाडौं
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीको ४० प्रतिशत हकप्रद सेयरपछि नेप्सेले प्रतिकित्ता ८ सय १९ रूपैयाँ २९ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ११ सय ७ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले  चुक्तापुँजीको १०ः४ अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद जारी गर्न लागेको छ। कम्पनीले १०० अंकित दरका कुल ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर जारी गर्नेछ।  हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले फागुन १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। माघ २७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रदमा आवेदनमा आवेदन दिन पाउनेछन् । हकप्रद सेय बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।