३ मंसिर, २०८१ सोमबार

12:36:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१९ दशमलव २३ प्रतिशतले घट्यो आइएमई जनरल इन्स्योरेन्सकोे नाफा

२८ माघ, २०७८

१९ दशमलव २३ प्रतिशतले घट्यो आइएमई जनरल इन्स्योरेन्सकोे नाफा

काठमाडौं
आईएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक बर्षको दास्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको दोस्रो त्रैमासम्म खुद  नाफा १९ दशमलव २३ प्रतिशतले घटेर १२ करोड १३ लाख ६८ हजार रुपैयाँ पुगेको छ ।

गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १५ करोड २ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क ३ दशमलव ४० प्रतिशतले बढेर ३७ करोड ३६ लाख २५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको बीमा शुल्क ३६ करोड ३९ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ५१ दशमलव २३ प्रतिशतले बढेर १३ करोड ७२ लाख १५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ९ करोड ७ लाख ३४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड ७५ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ३० करोड ४२ लाख ४६ हजार रुपैयाँ जम्मा रहेको छ । कम्पनीको बीमा कोषमा ५३ करोड ५ लाख ४३ हजार रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९७ पैसा र कम्पनीको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ११ पैसा रहेको छ ।