४ जेठ, २०८१ शुक्रबार

12:20:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मदिराले साथी/सहकर्मी भन्दैन...

२७ माघ, २०७८

मदिराले साथी/सहकर्मी भन्दैन...

काठमाडौँ, २७ माघ ः मदिराले आफ्ना साथी सहकर्मी पनि भन्द्रन । जसले मदिरा सेवन गर्छ, उ सामान्य कुरामा पनि विवाद गर्न खोज्छ । यस्तै घटना गएराती काठमाडौँमा पनि भएको छ । मदिरा खाएका एक व्यक्तिले सामान्य विवाद हुँदा आफ्नै सहककर्मीलाई गम्भिर घाइते बनाएका छन् ।

काठमाडौँ महानगरपालिका–१५ ठाडो भ¥याङस्थित ग्रिल कारखानाका मजदुरलाई मदिराको लतमा धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

मदिरा सेवन गरी आपसी विवाद हुँदा आचार्यमाथि चक्कु र वन्चरोले गर्धन र टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ 

यसरी पक्राउ पर्नेमा सोही कारखानामा काम गर्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ घर बताउने ४८ वर्षीय मिलन खत्री रहेका छन् । उनीमाथि नुवाकोटको विदुर नगरपालिका–१ घर भएका २२ वर्षीय विकास आचार्यलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
 
उनले मदिरा सेवन गरी आपसी विवाद हुँदा आचार्यमाथि चक्कु र वन्चरोले गर्धन र टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ । घाइतेको अबस्था अहिले गम्भिर छ । 
घाइतेलाई मनमोहन मेमोरियल अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएको छ । उनीमाथि ज्यान मार्ने उद्योग कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।