३ मंसिर, २०८१ सोमबार

12:46:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महालक्ष्मी लाईफको साधारण सभा सम्पन्न, यी हुन पारित भएका एजेण्डा

२७ माघ, २०७८

महालक्ष्मी लाईफको साधारण सभा सम्पन्न, यी हुन पारित भएका एजेण्डा

काठमाडौं
महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथोँ वार्षिक साधारण सभा आज कमलपोखरी काठमाडौंमा सम्पन्न भएको छ ।  अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा प्रधान कार्यालय परिसरमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गाउनुभएको थियो ।

अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको वर्तमान वित्तिय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पार्नुभएको थियो । सभाले अध्यक्ष द्धारा प्रस्तुत वार्षिक प्रतिवेदनसहित आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तिय विवरण पास गरेको छ ।

स्वतन्त्र सञ्चालक रविराज भट्टराईको नियुक्ति अनुमोदन, लेखा परिक्षकको नियुक्ति र सरकारको कोरोना कोषमा जम्मा गरेको सात लाख पचास हजारको खर्च समेत सभाले अनुमोदन गरेको छ । सभामा महालक्ष्मी लाईफको सहायक कम्पनी ल्याउने विषयमा छलफल भई आगामी साधारण सभामा विस्तृत कार्ययोजना ल्याउने सहमति भएको छ ।