१४ साउन, २०८२ मंगलबार

08:07:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दोहोरो अंकले घट्यो सेयर बजार, बढी कारोबार हुनेमा नेपाल टेलिकम

२७ माघ, २०७८

दोहोरो अंकले घट्यो सेयर बजार, बढी कारोबार हुनेमा नेपाल टेलिकम

काठमाडौं
साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार घटेको छ । बिहीबार सेयर बजार दोहोरो अंकले घटेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ११ दशमलव ९६ अंकले घटेर २८०१ दशमलव ५६ विन्दुमा पुगेको छ ।

 नेप्से ० दशमलव ४३ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक १ दशमलव ७० अंकले घटेर ५२७ दशमलव २८ विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज दिनभर २२७ वटा कम्पनीको ६९ लाख ५० हजार ८ सय ३८ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३ सय ५० रूपैयाँ बराबरको कारोबार भएकोे छ ।

आज कारोबार भएका १३ वटा उपसमूहमध्ये ३ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी १० वटा उपसमूहको सेयर घटेको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको २५ करोड ४८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, एभरेष्ट इन्स्योरेन्सको सेयर पनि बढेको छ । आज सबैभन्दा बढी सेयर मूल्य घट्ने कम्पनीमा महालक्ष्मी विकास बैंक लिमिटेड रहेको छ ।