८ मंसिर, २०८१ शनिबार

05:19:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रिय बीमा कम्पनीको खुद नाफा ४१ दशमलव ४३ प्रतिशतले बढ्यो

२७ माघ, २०७८

राष्ट्रिय बीमा कम्पनीको खुद नाफा ४१ दशमलव ४३ प्रतिशतले बढ्यो

काठमाडौं
राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १९ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको४१ दशमलव ४२ प्रतिशतले बढी हो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क ०दशमलव ०९ प्रतिशतले बढेर १२ करोड ८८ लाख रुपयाँ पुगेको छ ।  गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले १२ करोड ८७ लाख रुपैयाँ खुद बीमा शुल्क कमाएको थियो । यस आर्थिक वर्षमा कम्पनीले कुल ५९ करोड ३५ लाख रुपैयाँ बीमा शुल्क कमाएको छ ।

सोही अवधिमा राष्ट्रिय बीमा कम्पनीले १४ हजार ८५९ वटा बीमालेख जारी गरेको छ ।  कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ११९६ वटा बीमालेखका लागि २३ करोड ६ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ।

कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब २४ करोड ५६ लाख रुपैयाँ रहेको छ । बीमा कोषमा २ अर्ब ५२ करोड ७३ लाख रुपैयाँ जम्मा रहेको छ । त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी १४५ दशमलव ७५ रुपैयाँ  रहेको छ भने, प्रतिशेयर नेटवर्थ १३१७ दशमलव २५ रुपैयाँ रहेको छ ।