३ मंसिर, २०८१ सोमबार

01:08:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

६९ दशमलव ३६ प्रतिशतले बढ्यो सानिमा लाइफ इन्स्योरेन्सको नाफा

२७ माघ, २०७८

६९ दशमलव ३६ प्रतिशतले बढ्यो सानिमा लाइफ इन्स्योरेन्सको नाफा


काठमाडौं
सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधीसम्म  कम्पनीको खुद नाफा ६९ दशमलव ३६ प्रतिशतले बढेर ९ करोड ३९ लाख ७९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा कम्पनीले ५ करोड ५४ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क २१ दशमलव ५२ प्रतिशतले बढेर १ अर्ब १६ करोड २१ लाख ७० हजार रुपैयाँ पुगेको छ । गत बर्षको सोही अवधिमा कम्पनीले ९५ करोड ६३ लाख ४३ हजार रुपैयाँ खुद बीमा शुल्क कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १३७ दशमलव ६५ प्रतिशत बढेर १३ करोड ८३ लाख ९५ हजार रुपैयाँ गरेको छ । गत बर्षको सोही अवधिमा कम्पनीले ५ करोड ८२ लाख ३४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३३ करोड २३ लाख ४६ हजार रूपैयाँ जम्मा रहेको छ । कम्पनीको जीवन बीमा कोष ७३ दशमलव ५१ प्रतिशतले बढेर २ अर्ब ८२ करोड ९५ लाख ५० हजार रुपैयाँ रहेको छ । महाविपत्ती कोष ८४ दशमलव १५ प्रतिशतले बढेर ३ करोड ४९ लाख ५२ हजार रुपैयाँ रहेको छ ।
यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३९ पैसा रहेको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ३७ पैसा रहेको छ ।