३ मंसिर, २०८१ सोमबार
01:14:49 AM
२७ माघ, २०७८
काठमाडौं
आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद प्रयोजनका लागि फागुन १ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले १०ः४ अनुपातमा चुक्ता पूँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरका ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । हकप्रद बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।