८ मंसिर, २०८१ शनिबार
04:42:03 PM
२७ माघ, २०७८
काठमाडौं
रिलायन्स लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । इन्सुरेन्सले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा इन्सुरेन्सको खुद नाफा ३१ दशमलव ३२ प्रतिशतले बढेर ७ करोड ६० लाख ३४ हजार रुपैयाँ पुगेको छ । गत बर्षको यहि अवधिमा इन्सुरेन्सले ५ करोड ७८ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क २२ दशमलव २८ प्रतिशत बढेर १ अर्ब ३५ करोड ६९ लाख ५१ हजार रुपैयाँ कमाएको थियो । गत बर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १० करोड ९६ लाख ७८ हजार रुपैयाँ खुद बीमा शुल्क कमाएकोे थियो ।
यसअवधिमा जीवन बिमा कोषको आकार ८७ दशमलव २७ प्रतिशतले बढेर ३ अर्ब ३६ करोड ९२ लाख ६४ हजार रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १०४ दशमलव ११ प्रतिशतले बढेर २८ करोड ६३ लाख ६३ हजार रुपैयाँ कमाएकोे छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १४ करोड २ लाख ९४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ भने जगेडा कोष ८ दशमलव ४५ प्रतिशतले घटेर १८ करोड १७ लाख ५३ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ २४ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ २० पैसा रहेको छ