४ जेठ, २०८१ शुक्रबार

10:57:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पशुपतिनाथ मन्दिर २८ गते देखी खुला हुने

Nepal Business

२७ माघ, २०७८

पशुपतिनाथ मन्दिर २८ गते देखी खुला हुने

काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर माघ २८ गते देखि खुला हुने भएको छ । स्वास्थ्य मापदण्ड पालना गरेर शुक्रबारदेखि मन्दिर खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । 
काठमाण्डौ उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयको बैठकले मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने व्यवस्था भएसंगै पशुपतिनाथ मन्दिर पनि सर्वसाधरणका लागि खुल्ला गर्न लागिएको हो । 
कोरोना संक्रमण बढ्न थालेपछि यही माघ ५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।