३ मंसिर, २०८१ सोमबार

01:08:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लुम्बिनी जनरल इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?

२७ माघ, २०७८

लुम्बिनी जनरल इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?

काठमाडौं
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई  लाभांश घोषणा गरेको छ  ।

माघ २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ९.५२३८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७६१ प्रतिशत नगद गरी जम्मा १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात शेयरधनीहरूलाई वितरण गरिनेछ  ।