५ जेठ, २०८१ शनिबार

01:56:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

युनाइटेड मोदी हाइड्रोले कमायो २ करोड ४७ लाखबढी नाफा

२६ माघ, २०७८

युनाइटेड मोदी हाइड्रोले कमायो २ करोड ४७ लाखबढी नाफा

काठमाडौं
युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको  वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ करोड ४७ लाख नाफा बढे्को छ ।

यस नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ५८ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड ५६ लाख नाफा भएको थियो ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको विद्युत् विक्री आम्दानी भने ६ प्रतिशतले घटेको छ । कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा विद्युत् विक्री बापत १५ करोड ६२ लाख आम्दानी गरेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा घटेर १४ करोड ६८ लाखमा झरेको हो ।

कम्पनीको चुक्तापूँजी  १ अर्ब १५ करोड रहेको छ । भने बचत १० करोड १८ लाख सञ्चित रहेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ दशलमव १५,तरलता अनुपात १ दशलमव ७८ प्रतिशत र प्रतिशेयर नेटवर्थ १०८ दशलमव ८६ रहेको छ ।