४ जेठ, २०८१ शुक्रबार

11:17:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भन्सार एजेन्टको परीक्षा तालिका सार्वजनिक

Nepal Business

२६ माघ, २०७८

भन्सार एजेन्टको परीक्षा तालिका सार्वजनिक

काठमाण्डौ । 

भन्सार एजेन्डको परीक्षा हुने भएको छ । भन्सार विभागले गत १६ चैतमा ६ सय ६० जना नयाँ भन्सार एजेन्टका लागि दरखास्त आह्वान गरेको थियो । २९  माघका लागि तय भएको परीक्षा कोरोना महामारीका कारण स्थतित भएकोमा भन्सार विभागले बुधबार सार्वजनिक सूचना जारी गरेर परिक्षाको नयाँ तालिका सार्वजनिक गरेको हो । 

अब फागुन २८ गते दिउँसो २ बजे लिखित परीक्षा हुने छ । तर परीक्षा केन्द्र निर्धारण भइसकेको छैन । भन्सार एजेन्टमा २२ वर्षपछि भर्ना खुलेको थियो ।  पुराना भन्सार एजेन्टले आफ्नो एकाधिकार कायम राख्न र नयाँ एजेन्टसँग प्रतिस्पर्धा गर्नुपर्ने भएपछि परीक्षा रोक्न अदालतमा मुद्दा दायर गरेपछि लामो समयसम्म प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।

अदालतले ऐनमा व्यवस्था गरेर मात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो । भन्सार एजेन्टले विदेशबाट नेपाल आउने सामान र नेपालबाट विदेश जाने वस्तुको आयात, निर्यातमा सहजीकरण गर्ने छन् । एजेन्ट लाइसेन्सका लागि मौखिक र लिखित हुने छ ।