१९ कार्तिक, २०८२ मंगलबार
10:02:02 AM
१७ मंसिर, २०७८
अब पालो दबिएको सूचक बिस्तारै माथि उठ्ने ट्रेनमा रहेको छ
            
अघिल्लो दिन पाँच दसमलव २८ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोबार दिन  बिहिबार भने पुन ४९ दंसमलव चार अंकले ओरालो लागेर २५ सय ८४ दंसमलव ६१ बिन्दुमा झरेको थियो । 
क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि नौ दसमलव ४६ अंकले ओरालो चार सय  ८७ दसमलव २७ बिन्दुमा झरेको छ । विहिवार १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३१ वटा  कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन  । जसबाट ४७ हजार आठ सय ६४ पटकको कारोवारमा ७९ लाख ३२ हजार सात सय किता खरिद बिक्री भयो । सोहि खरिद बिक्रीका आधारमा  विहिवारसम्म कुल कारोवार रकम तीन अर्ब ४२ करोड ३५ लाख ८९ हजार एक सय २६ रुपैयाँ पुगेको हो ।  
नेपाल स्टक इक्सचेन्ज लिमिटे (नेप्से) यो एक हप्ता झिनो अंकले बढ्ने र उच्च अंकले घट्ने भइरहेकोले बढ्ने गति दबिन पुगेको हो । अब पालो दबिएको सूचक बिस्तारै माथि उठ्ने ट्रेनमा रहेको छ । यसले गर्दा आगामि आइतवार नेप्सेमा सुधार हुने देखिन्छ ।