१० मंसिर, २०८१ सोमबार
09:07:51 AM
२६ माघ, २०७८
२६ माघ । एकजना व्यत्तिले कतिसम्म ठग्न सक्छ भन्ने कुरा हालै पक्राउ परेका एक व्यक्तिले गरेको अपराधबाट स्पष्ट हुन्छ । त्यही पनि सोझा साझालाई जागिर पाउने प्रलोभन दिएर होइन ।
ठुला व्यापारिक कारोबार गर्ने ठुला कारोबारीलाई नै उनले झुक्यानमा पारेर ठगी गर्न सफल भएका छन् । ठुलो नाफा आउने लोभमा धेरै लाखौँ रुपैयाँ ठगीमा परेका छन् ।
ठुला व्यापारिक कारोबार गर्ने ठुला कारोबारीलाई नै उनले झुक्यानमा पारेर ठगी गर्न सफल भएका छन् । ठुलो नाफा आउने लोभमा धेरै लाखौँ रुपैयाँ ठगीमा परेका छन् ।
आफूलाई भेडीगोठ बाख्रा फार्म प्रालि चित्लाङ मकवानपुर, कामधेनुगाई फार्म प्रालि खैरेनीपुर चितवनलगायत अन्य विभिन्न फर्मको प्रोपाईटर बताई श्रृंखलाबद्ध ठगी कार्यमा संलग्न रहेको अभियोगमा प्युठान तोरवाङ गाउँपालिका ६ घर भई हाल झिमरुक गाउँपालिका ६ तोरवाङ बस्ने ५० वर्षीय ईश्वरीप्रसाद पोख्रेललाई प्रहरीले पक्राउ गरेको छ ।
शिवराज नगरपालिका ५ स्थित चेक प्वाइन्टमा वडा प्रहरी कार्यालय चन्दौटाबाट खटिएको प्रहरीले उनलाई बाग्मती प्रदेश ०१-०२६ च ४००१ नम्बरको कारसहित फेला पारी पक्राउ गरेको हो ।
उनले कपिलवस्तु नगरपालिका १ मालटोलस्थित केजिएन मार्ट पसलमा २०७८ आसार१८ गते ५० हजार बराबरको किराना र कस्मेटिकलगायतको समान किनेका थिए । सो क्रममा आफू कपिलवस्तु विजयनगर गाउँपालिका ४ अन्तर्गत रहेको गौमुखी फीड ईण्डष्ट्रीज एण्ड ट्रेडलिंकको प्रोपाईटर भनी उक्त सामान खरिद गरे वापत दिनु पर्ने रकम माछापुच्छ्रे बैंकबाट भुक्तानी पाउने गरी चेक दिएका थिए । तर सो चेक माछापुच्छ्रे बैंक तौलिहवा शाखामा क्लियरिङ गराउँदा निजको खातामा रकम नभएको पाईएपछि प्रहरीमा ठगी मुद्दा दर्ता भएको थियो ।
उनले विभिन्न मितिमा दाङ राप्ती गाउँपालिका २ मा साइन्स कलेज स्थापना गर्ने भनि करिब १ करोड बढी रुपैयाँ, कैलालीको धनगढीस्थित मेडिकल कलेज खोल्ने भन्दै लाखौँ रकम लिई ठगी गरेको खुल्न आएको छ ।
प्रहरीका अनुसार उनीउपर यस अघिसमेत विभिन्न मितिमा सार्वजनिक ऐन अन्तर्गतको मुद्दा, ठगी एवं बैंकिङ कसूरजन्य मुद्दा दर्ता भई अनुसन्धान भएको थियो । साथै अनुसन्धानको क्रममा उनले विभिन्न मितिमा दाङ राप्ती गाउँपालिका २ मा साइन्स कलेज स्थापना गर्ने भनि करिब १ करोड बढी रुपैयाँ, कैलालीको धनगढीस्थित मेडिकल कलेज खोल्ने भन्दै लाखौँ रकम लिई ठगी गरेको खुल्न आएको छ ।
साथै उनले पर्सा वीरगञ्जस्थित जगदम्बा सेल्स ट्रेडिङ प्रालिबाट ४७ लाख रुपैयाँ बाराबरको रडहरु, भैरहवाको शिद्धार्थ हार्डवेयरबाट २३ लाख रुपैयाँ बराबरको हार्डवेयर सामग्री, चितवन टाडीस्थित रिजाल फुड एण्ड विभरेज प्रालिबाट २८ लाख रुपैयाँ बराबरको सामान लैजान सफल भएका पाइएको छ ।
यस्तै नवलपरासीस्थित समृद्धि स्टिल कम्पनीबाट २५ लाख बराबरको सामानहरु, प्युठान सिमेन्ट कारखानाबाट २० लाख रुपैयाँ बराबरको सामान, गोल्छा अर्गनाईजेसनबाट ३० लाख रुपैयाँ बराबरको सामग्रीहरू र काठमाडौं टेकुस्थित निर्मणी मेशिनरी सप्लायर्शबाट १ लाख २७ हजार बराबरको विभिन्न मेसिनरी सामानहरू लिई सबै ठाउँमा विभिन्न बैंकको खाताबाट भुक्तानी हुने गरी रकम नभएको चेक दिई फरार रहेका अनुसन्धानबाट खुल्न आएको छ ।
प्रहरीका अनुसार उनी प्रोपराईटर भएको भनि बताएका कतिपय फर्महरु भौतिकरुपमा स्थापना र सञ्चालनमा समेत नरहेका खुल्न आएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।