२४ बैशाख, २०८१ सोमबार

12:35:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मधेश प्रदेशमा तीन वटै समितिले पायो सभापति

२५ माघ, २०७८

मधेश प्रदेशमा तीन वटै समितिले पायो सभापति

२५ माघ । लामो समयदेखि रिक्त मधेस प्रदेशसभाअन्तर्गत तीनवटै विषयगत समितिले सभापति पाएको छ ।

निर्वाचन प्रणालीबाट प्रदेशसभाअन्तर्गत सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका नरेशकुमार यादव र कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का मदनसेन श्रीवास्तव निर्वाचित हुनुभएको छ ।

सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका नरेशकुमार यादव,  कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का मदनसेन श्रीवास्तव र प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका जगत्प्रसाद यादव सर्वसम्मत निर्वाचित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका जगत्प्रसाद यादव सर्वसम्मत निर्वाचित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सार्वजनिक लेखा समितिको सभापतिका लागि प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट प्रह्लाद गिरी गोश्वामी र कृषि तथा भूमि व्यवस्था समितिमा नेकपा एमालेबाट जगतारण देवीसाह सुडीले उम्मेदवारी दर्ता गराउनुभएको थियो ।