२३ बैशाख, २०८१ आइतबार

06:45:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ओमान जाने क्रिकेट टिमललाई भर्चुअल बिदाई

Nepal Business

२५ माघ, २०७८

ओमान जाने क्रिकेट टिमललाई भर्चुअल बिदाई

काठमाण्डौं

ओमान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरीएको छ । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा सहभागिता जनाउन ओमान जान लागेको नेपाली टोलीलाई मंगलबार बिदाई गरीएको हो । 

भर्चुअल माध्यमद्धारा आयोजित बिदाई कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडीहरुलाई बिदाई गर्नुभएको हो । खेलाडीहरुलाई बिदाई गर्दै मन्त्री अथकले विश्वकपका लागि ग्लोबल छनोट भएर आउन शुभकामना दिनुभयो ।

नेपाली क्रिकेट क्षेत्रले छोटो समयमै उल्लेख्य प्रगती गरेको भन्दै मन्त्री अथकले यस पटक विश्वकपका लागि नेपाली टोली छनौट हुनेमा आफु विश्वस्त रहेको बताउनुभयो । नेपाली विरता सम्झिएर खेल्न समेत मन्त्री अथकले खेलाडीहरुलाई आग्रह गर्नुभएको छ । 

राज्यले खेल पुर्वाधार निर्माणकालागि उल्लेख्य प्रयास गर्दै आएको तर्फ ईगितगर्दै मन्त्री अथकले केही ठुला पुर्वाधारहरु निर्माणधिन अवस्थामा रहेकाले आफ्नै कार्यकालमा त्यसलाई पुर्णता दिनेगरी निर्माण प्रक्रिया अगाडी बढाईएको बताउनुभयो । 

विश्वकपमा छनोटका लागि हुने खेलकालागि नेपाली टोली आज राति ८ः३० बजे ओमान प्रस्थान गर्ने तालिका रहेको छ । ग्लोबल छनोटका लागि नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनीबिच खेल हुने भएको छ ।

फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुने छनौट खेल अन्तर्गत समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् भने समूह ‘बी’मायुएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।
छनोट अघि नेपालले ओमानमा चार देशीय टी–२० सिरिज खेल्ने तालिका समेत रहेको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जनकारी दिनुभयो । सिरिजमा नेपालसहित आयरल्यान्ड, युएई र ओमान रहेका छन् ।

क्यानका अध्यक्ष चन्दले बिगतमा देखिएका कमिकमजोरीलाई सच्याउँदै क्रिकेटको विकासका लागि सबै एक हुनुपर्नेमा जोड दिनुभयो । साथै खेलाडीहरुलाई उच्च मनोवलका साथ उत्कृष्ट खेल प्रदर्शनका लागि समेत शुभकामना दिनुभयो ।