४ जेठ, २०८१ शुक्रबार

10:57:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अख्तियारले छान्यो उत्कृष्ट १० नारा, यि हुन उत्कृष्ट नारा लेख्नेहरु

२५ माघ, २०७८

अख्तियारले छान्यो उत्कृष्ट १० नारा, यि हुन उत्कृष्ट नारा लेख्नेहरु

काठमाण्डौ । 
नेपाल विजनेश संवाददाता 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशव्यापी रुपमा आयोजना गरेको नारा लेखन प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ । आयोगले आफ्नो वार्षिक उत्सवका अवसरमा देशव्यापी रुपमा आयोजना गरेको नारा लेखन प्रतियोगितामा सहभागि भएकाहरुमध्येबाट १० जना उत्कृष्टको नारा र नाम सार्वजनिक गरेको हो ।

आयोगको ३१ औं वार्षिक उत्सवका अवसरमा आयोजना गरिएको नारा लेखन प्रतियोगिताका उत्कृष्ट १० लाई माघ २८ गते राष्ट्रपतिको उपस्थितीमा आयोजना हुने कार्यक्रममा पुरस्कार वितरण गर्ने तयारी भएपनि कोरोना भाईरसको संक्रमणका कारण भौतिक रुपमा कार्यक्रम नहुने भएपछि आयोगले उत्कृष्टको नाम घोषणा गरेको हो । 

उत्कृष्ट नारा र पुरस्कृत हुनेहरु यस प्रकार रहेका छन् । 

१)  कमल विष्ट                            भैरबी गाउँपालिका दैलेख                                       (भ्रष्ट्राचारको खबरदारीः हामी सबैको जिम्मेवारी) 
२)  भीम प्रसाद पौडेल     आँधिखोला स्याँजा       (तोडौं भ्रष्ट्राचारको जालो, अब सुशासन र समृद्धिको पालो )
३)  मतिसरा चौलागाई                 शुभकालिका, कालिकोट    (सदाचार र सुशासनमुखसि सेवा, भ्रष्टाचार नियन्त्रणमा टेवा)
४)  वसन्तकुमार आचार्य              तुलसीपुर दाङ       (म गर्दिन भ्रष्ट्राचार, म सहदिन भ्रष्ट्राचार, मेरो संकल्प सदाचार)
५)  विष्णुराज बेल्वासे                  अर्घाखाँची शितगंगा       (हाम्रो दायित्व र अधिकार  सदाचारर शून्य भ्रष्टाचार)
६)  शिवराज बस्नेत                      काठमाण्डौ, बानेश्वर       (एउटाले होइन सबैले भनौं : भ्रष्ट्राचारमुक्त नेपाल बनाउँ)
७)  संग्राम सिंह धामि                   शिगास बैतडी    (नैतिकता इमानदारीता र पारदर्शिता, स्वच्छ र भ्रष्ट्राचार मुक्त समाज आजको आवश्यकता) 
८)  सन्जय ढुंगाना                        खाँदवारी नगर पालिका संखुवासभा                        (सुशासन प्रतिको ऐक्यवद्धता : भ्रष्ट्राचार विरुद्धको प्रतिवद्धता)
९)  सुचना अचार्य                        कपिलवस्तु                                                             (बढाऔं सुशासनयुक्त संस्कृति : हटाऔं भ्रष्ट्राचारयुक्र मनोवृती)
१०)  सुदिप पुन                           जलजला गाउँपालिका पवर्त                                      (सुशासन र समृद्धिमा हाम्रो ध्यान भ्रष्ट्राचार : नियन्त्रणमा साझा अभियान) 

 

छनौट भएका १० जनाको नारालाई थप परिस्कृत गरेर अयाोगले आफ्ना विभिन्न कार्यक्रममा प्रयोग गर्न सक्नेछ । यसैगरी उत्कृष्ट नारा लेखेर पठाउनेहरुलाई जनही २ हजारका दरले पुरस्कार पनि प्रदान गरिने आयोगले जनाकारी दिएको छ ।