३ जेठ, २०८१ बिहिबार

10:06:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा गिरावट, उच्च कारोबारमा अरूण भ्याली हाइड्रोपावर र गुमाउने लिवर्टी इनर्जी कम्पनी

२५ माघ, २०७८

सेयर बजारमा गिरावट, उच्च कारोबारमा अरूण भ्याली हाइड्रोपावर र गुमाउने लिवर्टी इनर्जी कम्पनी

काठमाण्डौं
हप्ताको तेस्रो दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । 
नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक १६.३० अंकले घटेर २८३५.५८ विन्दुमा पुगेको छ । नेप्से ०.५७ प्रतिशतले घटेको हो ।यसैगरी सेन्सेटिभ परिसूचक २.८२ अंकले घटेर ५३२.४९ विन्दुमा झरेको छ ।

कूल २ सय ३० वटा कम्पनीको १ करोड २० लाख ५३ हजार ७ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९ सय ८५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ८ वटा उपसमूहको सेयर घटेको छ । 

मंगलबार अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कारोबार उच्च रह्यो । कम्पनीको ३५ करोड ८५ लाख १२ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । आजै एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको मूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको संस्थापक सेयरको मूल्य ६.१५ प्रतिशतले बढेर ४ सय ८१ रूपैयाँ ९० पैसा पुगेको छ ।

मंगलबार लिबर्टी इनर्जी कम्पनी लिमिटेडको सेयरको मूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ६.२७ प्रतिशतले घटेर ३ सय ८९ रूपैयाँ कायम हुन पुगेको हो ।