९ मंसिर, २०८१ आइतबार
02:58:06 AM
२५ माघ, २०७८
काठमाडौं
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा १ दशमलव ४४ प्रतिशतले बढेर १८ करोड ५ लाख ११ हजार रुपैयाँ कमाएको छ ।
गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १७ करोड ७९ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आर्थिक बर्षको ६ महिनामा कम्पनीको खुद बीमा शुल्क ४६.२३ प्रतिशत बढेर १ अर्ब ९२ करोड ९८ लाख ७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३१ करोड ९७ लाख ५ हजार रुपैयाँ खुद बीमा शुल्क कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३०.५४ प्रतिशत बढेर ४० करोड २४ लाख १८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ३० करोड ८२ लाख ५० हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
पुस मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा भने १ अर्ब ६० लाख १ हजार रुपैयाँ रहेको छ । त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ७९ पैसा र कम्पनीको प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ८५ पैसा छ ।