३ जेठ, २०८१ बिहिबार

05:07:07 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भर्नुभयो त ? जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२५ माघ, २०७८

भर्नुभयो त ? जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीआमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ २१ गतेदेखि निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज माघ २५ गते अन्तिम दिन हो ।
कम्पनीको आईपीआमा सोमबार दिउँसो ४ः५० बजेसम्ममा २२ लाख २६ हजार ९६९ जना आवेदकहरूले २ करोड ७४ लाख १२ हजार ९१० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदनको संख्या सर्वसाधारणहरूका लागि माग गरिएको संख्या भन्दा ५६.१८ गुणा बढी हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको हो। त्यसमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ ।
 बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्
आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।