२२ बैशाख, २०८१ शनिबार

11:12:54 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वर्षमा १५ देखि २० लाख कारोबार हुने गरेको राडीपाखी उद्योग बन्द

२४ माघ, २०७८

वर्षमा १५ देखि २० लाख कारोबार हुने गरेको राडीपाखी उद्योग बन्द

जुम्ला
जुम्लाको एकमात्र राडीपाखी उद्योग कच्चापदार्थको अभावले बन्द भएको छ । उत्तरी नाका महिनौं देखि बन्द भएकोले ऊन ल्याउन नसकेपछि तामाङ झोला तथा राडीपाखी उद्योगको काम बन्द भएको उद्योग सञ्चालक कुन्जाङ फुटिक तामाङले बताउनुभयो । वार्षिक १५ देखि २० लाखको कारोबार हुँदै आएको उद्योग बन्द हुँदा यसमा आश्रितहरुको आम्दानी गुमेको तामाङको भनाई छ ।

उहाँले भनुभयो्, चिनियाँ भेडाको ऊनबाट बन्ने कोट, टोपी, झोला, गलबन्दी, कालो काम्लो, राडीपाखी उत्पादन हुदैँ आएको थियो । अहिले बजारमा माग धेरै भए पनि कोभिडपछि कच्चापदार्थ आयात गर्न नसक्दा उद्योग बन्द गर्नु परेको हो । विगत दुई वर्षदेखि उद्योगको काम ठप्प छ । जुम्ली भेडाको कालो र सेतो ऊनबाट बन्ने सामग्रीको माग पनि बढ्दो छ तर जुम्ली भेडाको ऊन छोटो हुने भएकाले अलि झन्झटिलो हुन्छ । चीनबाट आउने ऊन लामो र मुलायम हुने भएकाले सामग्री सजिलै उत्पादन हुने उहाँ बताउन हुन्छ । 

उत्तरी नाका महिनौं देखि बन्द भएकोले ऊन ल्याउन नसकेपछि तामाङ झोला तथा राडीपाखी उद्योगको काम बन्द भएको उद्योग सञ्चालक कुन्जाङ फुटिक तामाङले बताउनुभयो । वार्षिक १५ देखि २० लाखको कारोबार हुँदै आएको उद्योग बन्द हुँदा यसमा आश्रितहरुको आम्दानी गुमेको तामाङको भनाई छ ।

माग अत्यधिक छ । कच्चापदार्थ आयात हुन सकेको छैन । उद्योग नचल्दा घाटा बेहोर्नु परिरहेको छ । चीनको उत्तरी हिल्सा नाका खुलाउन सरकारले पहल नगर्दा कर्णालीको जनजीवनसँगै साना तथा मझौला उद्योग सङ्कटमा परेको सञ्चालक तामाङले जानकारी दिनुभयो ।  चीनको नाका खुलाउन सरकारले कुनै चासो देखाएको छैन । पछिल्लो समय जुम्लामा पनि भेडाको ऊन अभाव हुँदै गइरहेको र गाउँमा परम्परागत तरिकाले राडीपाखी बुन्ने धेरै भएकाले पनि उद्योगका लागि ऊन पाउन मुस्किल छ । चीनको नाका खुलाएर चाँडो कच्चापदार्थ ल्याउने वातावरण बनाइदिन सरकारलाई उहाँले अनुरोध पनि गर्नु भएको छ ।

चन्दननाथ नगरपालिका–२ निवासी तामाङले राडीपाखी बेचेरै वार्षिक ५ लाख आम्दानी गर्दै आउनुभएको थियो । वर्षमा कच्चापदार्थ खरिद, कामदारलाई ज्याला, सामान निर्यात गरी  १५÷२० लाखको कारोबार हुने गरेको थियो । ५ लाख ऊनलाई लाग्थ्योे । सरकारी अनुदानका नाममा आर्थिक वर्ष २०७५÷७६ मा पशु सेवा कार्यालयबाट साढे तीन लाख मात्रै पाएको कुन्जाङले अहिलेसम्म कतैबाट कुनै पनि सहयोग नपाएको गुनासो गर्नुभयो ।

महिनामा ४० देखि ४५ हजार रुपैयाँसम्म नाफा हुन्थ्यो । यसैबाट घर खर्च चलेको थियो माग दैनिक बढ्दै गए पनि कच्चापदार्थ नहुँदा समस्या भएको छ । नियमित पाँच र ज्यालादारीमा १०–१२ जनासम्मलाई उहाँले रोजगारी दिनुभएको थियो । ज्यालादारीमा काम गर्ने महिलालाई एक कोट सिलाएबापत २ हजार र राडीपाखी बुनेबापत र्२ हजार ५ सय दिने गरिएको थियो । सो उद्योगमा सरकारी अधिकारीदेखि जुम्ला भित्रिने अधिकांश आन्तरिक पर्यटकले समेत अवलोकन गर्ने आउने गरेका थिए ।