३ जेठ, २०८१ बिहिबार

11:20:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार दोहोरो अंकले बढ्यो

Nepal Business

२४ माघ, २०७८

सेयर बजार दोहोरो अंकले बढ्यो

काठमाण्डौं
साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से १५.६९ अंकले बढेर २८५१.८६ अंकमा कायम भएको हो । आज नेप्से ०.५५ प्रतिशतले बढेको छ भने सेन्सेटिभ परिसूचक ३.०५ अंकले बढेर ५३५.३२ अंकले उकालो लागेको छ । 
कुल २ सय २४ कम्पनीको ९५ लाख १२ हजार ५ सय ८० कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब २ करोड २० लाख १७ हजार १ सय ८१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १० वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ३ वटा उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै लगानी समूह बढेको छ ।

सोमबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ४९ करोड ३४ लाख ४९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज सर्वाधिक नाफा कमाउनेमा पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका लगानीकर्ता नै अगाडि छन् । बैंकको सेयरमूल्य ८.४२ प्रतिशतले बढेर ४ सय १२ रूपैयाँ पुगेको छ । 

सोमबार बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ४.५७ प्रतिशतले घटेर प्रतिकित्ता ६ सय ६८ रूपैयाँमा झरेको छ ।