३ मंसिर, २०८१ सोमबार

04:29:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बीमाशुल्कसँगै जनरल इन्स्योरेन्सको नाफा पनि बढ्यो

२४ माघ, २०७८

बीमाशुल्कसँगै जनरल इन्स्योरेन्सको नाफा पनि बढ्यो

काठमाडौं
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ५६.२० प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा कम्पनीले ३ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको खुद बीमाशुल्क १२.७५ प्रतिशतले बढेर १३ करोड ५० लाख रुपैयाँ पुगेको छ । कम्पनीको खुद बीमाशुल्कसँगै अन्य आम्दानी पनि बढेपछि इन्स्योरेन्सको नाफा बढ्न टेवा पुगेको हो।

 इन्स्योरेन्सले पुनर्बीमा कमिशन वापत ७ करोड ९१ लख रुपैयाँ र लगानी कर्जा तथा अन्य आम्दानी बापत १ करोड ८८ लाख रुपैयाँ कमाएको छ । त्यस्तै, यो अवधिमा कम्पनीले ३८ हजार ९८ वटा बीमालेख जारी गरी ४६ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा १३ करोड ३ लाख रुपैयाँ, बीमा कोषमा १४ करोड ९२ लाख रुपैयाँ र महाविपत्ती कोषमा १ करोड २१ लाख रुपैयाँ जम्मा छ । कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३८ पैसा, प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ १८ पैसा र मूल्य आम्दानी अनुपात ५९.१५ गुणा रहेको छ।