३ मंसिर, २०८१ सोमबार
04:01:05 AM
२४ माघ, २०७८
काठमाडौं
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ३० लाखभन्दा बढी खुद नाफा कमाएको छ । कम्पनीले गत वर्षको यो अवधिको तुलनामा यस वर्ष २ दशमलव १७ प्रतिशत बढी खुद नाफा कमाएको हो । गत वर्ष यही अवधिसम्म कम्पनीले ५ करोड १९ लाखभन्दा बढी खुद नाफा कमएको थियो ।
यो वर्ष कम्पनीको आम्दानी ३ दशमलव २१ प्रतिशत बढी ६ करोड ९८ लाख र खर्च ६ दशमलव ६४ प्रतिशत बढी १ करोड ६७ लाख भएको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रहेको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरी २ अर्ब चुक्तापूँजी कायम गर्नेछ ।
बचत कोष रकम गत वर्षभन्दा ३७ दशमलव ५६ प्रतिशत बढी २० करोड २८ लाख कायम भएको छ ।
भने जीवन बीमा कोष रकम ५२ दशमलव ६६ प्रतिशत बढेर १ अर्ब ७३ करोड ७४ लाख पुगेको छ । कम्पनीले यो वर्ष गत वर्षभन्दा ४५ दशमलव ४१ प्रतिशत बढी ६९ करोड ८५ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । भने ७ दशमलव ६२ गुणा बढी ७ करोड ६४ लाख कुल दाबी भुक्तानी गरेको छ ।
गत वर्ष यस अवधिसम्म कम्पनीले ४८ करोड ३ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो भने १ करोडभन्दा बढी कुल दाबी भुक्तानी गरेको थियो । यस वर्ष कम्पनीले ३ हजार २५० बीमालेख जारी गरेको छ । गत वर्ष यो अवधिमा कम्पनीले ३ हजार ४२८ बीमालेख जारी गरेको थियो ।