३ जेठ, २०८१ बिहिबार

11:51:07 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा ३ कम्पनीको शेयरमूल्य समायोजन, कुनको कति छ नयाँ मूल्य ?

२४ माघ, २०७८

नेप्सेमा ३ कम्पनीको शेयरमूल्य समायोजन, कुनको कति छ नयाँ मूल्य ?

काठमाडौं
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ३ कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा जानकी फाइनान्स कम्पनी लिमिटेड, ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको शेयरमूल्य समायोजन भएको हो ।

नेप्सेमा लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको २० प्रतिशत बोनस सेयरपछिको प्रतिकित्ता १ हजार ९४३ रूपैयाँ ३३ पैसा कायम हुनेगरी मूल्य समायोजन भएको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य २ हजार ३३२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तै, ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ६ सय ५० रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ७ सय १५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तैगरी, जानकी फाइनान्सको १५ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता ५८८ रूपैयाँ ७८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ६७७ रूपैयाँ १० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।