२२ बैशाख, २०८१ शनिबार

06:45:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कपिलवस्तुबाट बुटवल आउँदै गरेको कार दुर्घटना, ३ जनाको मृत्यु

Nepal Business

२४ माघ, २०७८

कपिलवस्तुबाट बुटवल आउँदै गरेको कार दुर्घटना, ३ जनाको मृत्यु

रुपन्देही । रुपन्देहीको बुटवल कपिलवस्तुबाट बुटवलतर्फ आउँदै गरेको कार तामनगरमा सडकमा रोकिराखेको ट्रकमा ठोक्किंदा कारमा सवार तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा कारमा सवार २ जना गम्भीर घाइते भएका छ्न् ।

बुटवल उपमहानगरपालिका वडा नं १२ तामनगर नजिक पूर्व पश्चिम राजमार्गमा रोकिराखेको लु २ ख ९७७२ नम्बरको ट्रकमा लु ३ च ४४४२ नम्बरको कार सोमबार बिहानै ठोक्किएको प्रहरीले जानकारी दिएको छ । 
दुर्घटनामा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । मृतक र घाइतेको सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
कार सडक किनारमा रोकिराखेको पराल बोकेको ट्रकको पछाडि ठोक्किएको हो ।