४ जेठ, २०८१ शुक्रबार

01:38:40 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा मागभन्दा पर्यो ४४ गुणाबढी आवेदन

Nepal Business

२३ माघ, २०७८

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा मागभन्दा पर्यो ४४ गुणाबढी आवेदन

काठमाडौं

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणहरुका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) मा साढे १७ लाखबढीको आवेदन परेको छ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्म लघुवित्तको आईपीओमा १७ लाख ५४ हजार ५१७ जना आवेदकद्वारा २ अर्ब १७ करोड ४९ लाख ४९ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख ४९ हजार ४९० कित्ता सेयरको लागि आवेदन गरेका हुन् । यो सर्वसाधारणलाई छुट्टाएको आईपीओको ४४.५७ गुणा बढी हो ।

लघुवित्तले २१ गतेदेखि ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको हो। त्यसमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।