४ जेठ, २०८१ शुक्रबार

04:19:40 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

४०.५७ अंकले नेप्सेमा गिरावट

२३ माघ, २०७८

४०.५७ अंकले नेप्सेमा गिरावट

काठमाण्डौं
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा उच्च अंकको गिरावट भएको छ ।  नेप्से परिसूचक घटेसँगै  कारोबार रकम पनि  घट्न पुगेको छ ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ४०.५७ अंकले घटेर २८३६.१७ विन्दुमा पुगेको छ । नेप्से १.४१ प्रतिशतले घटेको हो ।  यसै दिन सेन्सेटिभ परिसूचक भने ७.७३ अंकले बढेर ५३१.९२ विन्दुमा पुगेको छ । 

कूल २२८ वटा कम्पनीको १ करोड ६ लाख ५१ हजार ७ सय ५४ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५ सय १० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको सेयर घटेको छ । यस दिन सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स समूह घटेको छ । 

आज पनि अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५४ करोड ४९ लाख ९३ हजार २ सय ८३ रूपैयाँ बराबरको कारोबार भएको हो । अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले कम्पनीसँग रहेको अरूण काबेली पावरको २२ लाख ३२ हजार ५ सय ७० कित्ता सेयर बिक्री गर्दैछ ।

आइतबार नेपाल हाइड्रो डेभलपर्स कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयरमूल्य ८.०८ प्रतिशतले बढेर प्रतिकित्ता ५ सय ७५ रूपैयाँ पुगेको छ । 

आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता १ हजार ७ सय ६३ रूपैयाँ ३० पैसामा झरेको छ । लगातार सकारात्मक सर्किट लाग्दै आएको संस्थाको सेयरमूल्यमा आज भने नकारात्मक सर्किट लाग्न पुगेको हो ।