४ जेठ, २०८१ शुक्रबार

12:44:07 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मारवाडी सेवा समितिलाई मन्त्री आलेले ५ महिनाको तलब दिने घोषणा

Nepal Business

२३ माघ, २०७८

मारवाडी सेवा समितिलाई मन्त्री आलेले ५ महिनाको तलब दिने घोषणा

काठमाण्डौ

मारवाडी सेवा समितिलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो पाँच महिनाको तलब दिने घोषणा गर्नुभएको छ । समितिले आफ्नो ६९ स्थापना दिवसका अवसरमा गौशालास्थित पशुपति धर्मशालामा कृत्रिम खुट्टा निः शुल्क वितरण गरेको थियो। सोही कार्यमा थप सहयोग पुगोस भनेर मन्त्री आलेले आफ्नो पाँच महिनाको तलब दिने घोषणा गरेका गर्नुभएको हो।

मन्त्रीले सोमबारसम्म पाँच महिनाको तलब बराबरको चेक हस्तान्तरण गर्ने जानकारी दिनुभएको छ ।  समितिका अनुसार कृत्रिम खुट्टा वितरण गर्ने कार्य समाजका अग्रजहरुहरुको सहयोगबाट हुँदै आएको छ । मन्त्री आलेले समितिले गर्दै आएको काम आफूलाई निकै मन परेको बताउनुभयो । 

मन्त्री आलेले गौशाला धर्मशाला, गोठ तथा डायलायसिस कक्षको पनि अवलोकन गर्नुभयो । उँहाले भन्नुभयो, ‘मारवाडी सेवा समितिले थप राम्रा काम गरोस् तथा दुःखी गरिबका लागि चाहिने आवश्यक सहयोग गर्न आफू पनि तयार छु ।’

समितिले विभिन्न कारणले खुट्टा गुमाएका ६ जनालाई निःशुल्क कृत्रिम खुट्टा प्रदान गरिएको छ ।