६ मंसिर, २०८१ बिहिबार
08:26:30 PM
२३ माघ, २०७८
काठमाडौं
सिटिजन लाइफ इन्स्योरेन्स एप मार्फत कम्पनीको विस्तृत विवरण, सिटिजन लाइफमा रहेका सम्पर्ण बीमा योजनाहरुको विस्तृत जानकारी दिन सकिने कम्पनीले जनाएको छ । यसैगरी, नेपालभरी रहेका सम्पर्ण शाखा कार्यालयहरुको बारेमा साथै यसमा रहेको मिडिया सेन्टरबाट कम्पनीका विभिन्न जानकारी पनि लिन पाउन सकिने छ ।
यस कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै ‘डिजिटल सिटिजन’ अभियान शुरु गरेको छ । डिजिटल सुविधा अन्तर्गत सिटिजन लाइफ इन्स्योरेन्सको आइओएस एप थप सुविधा सहित अपग्रेड गरीए पस्टोरमा उपलब्ध गरेको छ ।
यस एपमा रहेको प्रिमियम क्याल्कुलेटरको प्रयोग गरी आफ्नो विवरण भरेर आफुले इच्छ्याएको बीमा योजनाको बीमा शुल्क आफ्नो अवश्यक्ता अनुसारको बीमाङ्क रकम र बीमाको समय अवधिअनुसार आफै निकाल्न सकिने छ ।
यस कम्पनीको अभिकर्ता बन्न ईच्छुकहरुले पनि यस एपबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । साथै कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गरी घरमै बसेर बीमा शुल्क तिर्न सकिने व्यवस्थाको लागी यस एपमा विभिन्न अनलाइन भुक्तानी सेवा तथा बैंकबाट भुक्तानीको व्यवस्था रहेको छ ।