४ जेठ, २०८१ शुक्रबार

12:20:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बेवारिस अवस्थाका कागजात व्यवस्थापन आजसम्म किन गरिएन ?

२३ माघ, २०७८

बेवारिस अवस्थाका कागजात व्यवस्थापन आजसम्म किन गरिएन ?

काठमाण्डौं
केशरमलका ढोकामा बेवारिस अवस्थामा थुपारिएका पुराना कागजात व्यवस्थापनका लागि विज्ञान तथा प्रविधि मन्त्रालायले छलफल अगाडि बढाएको छ । सार्वजनिक मिडियामा सो मन्त्रालय र त्यसका मातहतमा रहेका अन्य मन्त्रालयका आवश्यक तथा प्रमाणगत कागजात खुल्ला आकाशमुनि विगत ३ वर्षदेखि राखिएको समाचार प्रकाशन भएको थियो । सोही समाचारको ध्यानाआर्षण गर्दै मन्त्रालयले छलफल अगाडि बढाएको हो । 
केशरमहलको पुनर्निर्माण गर्दा महलभित्र रहेका कागजात निर्माण कम्पनीले बाहिर ल्याएर महलको ढोका अगाडि मिल्काएको थियो । त्यसका विभिन्न निकायका महत्वपूर्ण तथ्यगत कागजात हुन सक्ने हुनाले  समाचारप्रति मन्त्रालयको ध्यानाकार्षण भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले  बताउनु भयो । त्यहाँ थुपारिएका कागजात अन्य निकायका पनि  हुनसक्ने भएकाले जस जसका कागजात छन् सबै मिलेर छुट्याउने र आ–आफ्ना कागजात लिनुपर्ने देखिएको छ । मन्त्रालयमा त्यसकै विषयमा छलफल भएको शर्माले बताउनु भयो । अब केही दिनमै ती कागजात ल्याएर व्यवस्थापन गरिने उहाँले बताउनु भयो । 

पुराना कागजातसँगै पुराना फर्निचर पनि बेवारिसे रूपमा खुल्ला आकाशमुनि मिल्काइएको छ । ३ वर्ष अगिदेखि  लगातारको घामपानीका कारण धेरै कागजात र फर्निचर कुहिएका मक्किएका छन् । यिनलाई मर्मत गरेर पुनः प्रयोगमा ल्याउने र नबिग्रिएका कागजातलाई समन्धित पक्षको जिम्मा लगाइने प्रवक्ता शर्माले जानकारी दिनु भयो ।