३ जेठ, २०८१ बिहिबार

01:32:57 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ग्रीन भेन्चर्सले आईपीओ जारी गर्दै, क–कसले दिन पाउँछन् आवेदन ?

२३ माघ, २०७८

ग्रीन भेन्चर्सले आईपीओ जारी गर्दै, क–कसले दिन पाउँछन् आवेदन  ?

काठमाडौं
ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले फागुन २ गतेदेखि आयोजना प्रभावितहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

कम्पनीले  पहिलो चरणमा हाल जारी पूँजीको १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात खिजिदेम्बा गाउँपालिका १ (साविक रगनी गाविस), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका २ (साविक रगनी गाविस), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका ३ (साविक खिजीचण्डेश्वरी गाबिस), ओखलढुङ्गा, लिखु गाउँपालिका ९ (साविक पोकली गाविस), ओखलढुङ्गा, लिख तामाकोशी गाउँपालिका १ (साविक दरागाउँ गाविस), रामेछाप, लिख तामाकोशी गाउँपालिका २ (साविक सपु गाविस), रामेछाप र उमाकुण्ड गाउँपालिका ७ (साबिक भुजि गाविस) रामेछाप जिल्लाका बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो ।

लगानीकर्ताले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्मका लागि छिटोमा फागुन १६ गते र ढिलोमा चैत्र १ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । उक्त आईपीओमा लगानीकर्ताहरुले लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर काठमाडौं, ग्रीन भेन्चर्स लिमिटेड, पुतलीसडक, काठमाडौं, लक्ष्मी बैंक लिमिटेड, मन्थली, रामेछाप, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, धोबिबजार, लिखु, रामेछाप, मेगा बैंक लिमिटेड, खिजिदेम्बा, ओखलढुङ्गा, मेगा बैंक लिमिटेड, मन्थली, रामेछापबाट आवेदन दिन सक्नेछन् ।