३ जेठ, २०८१ बिहिबार

01:06:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राहदानी विभागको अनलाइन फर्म कीर्तेः आरोपी पक्राउ

Nepal Business

२१ माघ, २०७८

राहदानी विभागको अनलाइन फर्म कीर्तेः आरोपी पक्राउ

काठमाण्डौं

महानगरीय प्रहरी परिसरले राहदानी विभागको अनलाइन फर्म कीर्ते गर्ने आरोपीलाई पक्राउ गरेको छ । प्रहरी परिसरले फर्म कीर्ते गर्ने धन्दामा लागेका तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जुगल गाउँपालिका ७ सिन्धुपाल्चोक घर भई काठमाडौंको सोल्टिमोड बस्ने ३५ वर्षीय दिनेश तामाङ, बेसीसहर गाउँपालिका ११ घर भई टोखा बस्दै आएका ४० वर्षीय नविनकुमार श्रेष्ठ र वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेत बस्‍ने ३६ वर्षीय यम बहादुर थापा मगर रहेका छन् ।

महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई त्रिपुरेश्‍वरस्थित राहदानी बिभागको हाता बाहिरबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले कम्‍युटर, ल्‍यापटप र प्रिन्टर एक÷एक वटा तथा ४० हजार नगद र ५० थान कीर्ते गरिएका कागजपत्र बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि ‘कीर्ते गर्न नहुने’ कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको अनुमति लिइ थप अनुसन्धान भइरहेको । महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।