३ मंसिर, २०८१ सोमबार
05:20:34 AM
२१ माघ, २०७८
काठमाडौं
एशियन लाईफ इन्स्योरेन्सको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज मैतीदेवी स्थित एशियन लाईफ इन्स्योरेन्सको कार्यालयमा भच्र्युअल माध्यमबाट साधारण सभा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित नाफाबाट चुक्ता पूँजीको २५ प्रतिशतका दरले ५०,२६,९०,१८१.८५ रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने र २ प्रतिशत नगद लाभांश (बोनश शेयरको कर प्रयोजनको लागी) वापत ४,०२,१५,२१४।५५ रुपैयाँ वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको छ ।
साथै, साधारणसभाले कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्तावलाई समेत पारित गरेको छ । त्यस्तै, संचालक समितिको तर्फबाट अध्यक्ष दिपककुमार श्रेष्ठले पेश गरेको आ।व।२०७६/०७७को वार्षिक प्रतिवेदन साधारण सभाको बहुमतले पारित गरेको छ ।
एशियन लाईफ इन्स्योरेन्सको ५१ प्रतिशत स्वामित्व रहेको एशियन क्यापिटल लि।मा सामूहिक लगानी कोष संचालन गर्न सम्बन्धित नियामक निकायबाट स्वीकृती लिने निर्णय पारित गरेको छ । कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेप्रस्ताव साधारण सभाकोे बहुमतबाट पारित भएको छ ।
२०६४ साल चैत्र २१ गतेदेखि कारोबार संचालन गरेको यस कम्पनीको २०७८ साल पौष मसान्त सम्ममा ३० अर्ब जीवन बीमा कोष र करिब ३० अर्ब लगानी तथा कर्जा रहेकोे छ । यसैगरी कम्पनीले चालु आव २०७८/७९ को पौष मसान्तसम्ममा कूल १ अर्ब ६ करोड २४ लाख प्रथम बीमाशुल्क संकलन गरेको छ । कम्पनीले सो अवधिमा ३ अर्ब ४६ करोड ४२ लाख रुपैयाँ कूल बीमाशुल्क कमाएको छ ।
कम्पनीले ४७ वटा शाखा तथा १०३ वटा उपशाखाहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै लघु म्यादी, म्यादी, सावधिक, आजीवन, अग्रीम भुक्तानी, सीमित भुक्तानी सावधिक, संयुक्त सावधिक सहित २६ वटा जीवन बीमा योजना प्रचलनमा ल्याएको छ ।