३ जेठ, २०८१ बिहिबार

12:48:15 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा पहिलो दिनमै पर्यो मागभन्दा ९. ०१ गुणा बढी आवेदन

२१ माघ, २०७८

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा पहिलो दिनमै पर्यो मागभन्दा ९. ०१ गुणा बढी आवेदन

काठमाडौं
आजबाट जारी भएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) मा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार शुक्रबार दिउँसो २.४५ बजेसम्म ३ लाख ५५ हजार ५६९ जना आवेदकबाट ४३ लाख ९८ हजार ३६० कित्ताका लागि आवेदन परेको छ । यो आवेदन संख्या सर्वसाधारणका लागि खुल्ला गरिएको आईपीओको संख्या भन्दा ९.०१ गुणा बढी हो ।

कम्पनीले आजदेखि सर्वसाधारणहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुका लागि र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई छुट्याईएको छ । बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणहरूले आवेदन दिन सक्नेछन् ।

 लघुवित्तले जारी गरेको उक्त आईपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सकिने छ ।  आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।  

इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् । संस्थाको साधारण सेयर ९आईपीओ० लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ ।

 यस रेटिङले यो कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । लघुवित्तको हाल चुक्ता पूँजी १० करोड ७८ लाख रुपैयाँ छ । आईपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी १६ करोड रुपैयाँ पुग्नेछ ।