३ मंसिर, २०८१ सोमबार

06:12:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कर्मचारीहरुको शैक्षिक विवरण बुझाउन बीमा समितिको निर्देशन

२१ माघ, २०७८

कर्मचारीहरुको शैक्षिक विवरण बुझाउन बीमा समितिको निर्देशन

काठमाण्डौं
बीमा कम्पनीका कर्मचारीहरुको शैक्षिक योग्यताको विवरण ७ दिनभित्र बीमा समितिमा बुभाउनु पर्ने भएको छ । बीमा समितिले बीमा कम्पनीलाई आफ्नो कम्पनीमा कार्यरत कर्मचारीहरुको शैक्षिक योग्यताको विवरण बुझाउन निर्देशन दिएको हो ।

समितिले शुक्रबार एक निर्देशन जारी गर्दै सात दिनभित्रमा कम्पनीमा कार्यरत कर्मचारीको शैक्षिक योग्यताको विवरण बुझाउन निर्देशन दिएको समितिले जनाएको छ ।
समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलका अनुसार निर्देशनमा  कार्यरत सम्पूर्ण कर्मचारीहरुको शैक्षिक योग्यताको विवरण संलग्न  भएको तालिका बमोजिम पत्र प्राप्त भएको मितिले सात दिनभित्र पेश गर्न अनुरोध गरिएको छ ।

समितिका अनुसार नेपालमा सञ्चालित सबै बीमा कम्पनीहरुले कम्पनीमा कार्यरत सबै कर्मचारीहरुको शैक्षिक योग्यताको प्रमाणपत्र सम्बन्धी विवरण ७ दिनभित्र उपलब्ध गराउनुपर्ने छ ।

कम्पनीहरुले आफ्नो कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको शैक्षिक योग्यता अन्तर्गत शैक्षिक योग्यता उत्तिर्ण गरेको वर्ष, उत्तिर्ण गरेको विश्व विद्यालय देखि विद्यालयसम्मको विवरण तालिकामा भरेर ७ दिनभित्र बीमा समितिमा पठाउनु पर्ने छ ।