१० मंसिर, २०८१ सोमबार

08:28:02 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चर्चामा जनप्रतिनिधि सेवा सुविधा नलिने देखी भ्रष्टाचारमा थुनिनेसम्म

२१ माघ, २०७८

चर्चामा जनप्रतिनिधि सेवा सुविधा नलिने देखी भ्रष्टाचारमा थुनिनेसम्म

काठमाण्डौ । 
मिति २०७६ साल साउन १८ गते एक राष्ट्रिय दैनिकमा समाचार प्रकासन भयो यस्ता हुनुपर्छ जनप्रतिनिधी जसको चर्चा अहिलेपनि हुने गरेको छ । यस समाचारमा जनप्रतिनिधीले आफ्नो सेवा सुविधा, तलव भत्ता सामाजिक काममा लगाउने घोषणा गरेका छन् । आफ्ना जनप्रतिनिधिले गाउँको विकास र जनताको हितमा काम गर्छु भन्दा मतदाता खुसी नहुने कुरै भएन ।

यो एउटा खुसीको खबर देशभर सञ्चार भयो । यसैबीचमा केही दुखद् खबर पनि सार्वजनिक भए स्थानीय जनप्रतिनिधी नै भ्रष्टाचारमा संलग्न, घुष लिँदा लिँदै पक्राउ, स्थानीय जनप्रतिनिधीले कामै गरेनन् । यस्तै–यस्तै । कतिपय जनप्रतिनिधि राम्रो काम, राम्रो घोषणा गरेर चर्चामा आए पनि कतिपय जनप्रतिनिधि घुस, भ्रष्टाचार, अनियमितता र नागरिकलाई दुख दिने जनप्रतिनिधिका रुपमा चर्चामा आए । आज हामीले विभिन्न सञ्चार माध्ययामा प्रकाशित समाचारलाई समेट्दै चर्चामा आएका जनप्रतिनिधिको केही सामग्री प्रस्तुत गर्न गईरहेका छौ । 

महानगरका मेयरको तलव विद्यालय मर्मतमा खर्च 

विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले विधालय निर्माण, सामाजिक क्षेत्रको सुधार, विकास निर्माण लगाएत नागरिकसंग जोडिएका विविध विषयमा आफ्नो सेवा सुविधा खर्च गर्ने घोषणा गर्नुभएको छ । 

मेयर वासुदेव घिमिरेको तलव​ गरीव तथा जेहेनदार विद्यार्थीलाई 

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले तलवबापतको रकम नगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीका लागि खर्च गर्ने बताउनुभएको छ ।  २० असार ०७५ मा पारिश्रमिक नलिने घोषणा गर्नुभएका उहाँले तलब शिक्षामा लगानी गर्ने बताउनुभएको छ । 

नगर प्रमुख डा राणाको तलब सामाजिक काममा 
नेपालगञ्ज उपमहानगरपालिकका नगर प्रमुख डा धवल शम्शेर राणाले जनप्रतिनिधिको रुपमा आफ्नो कार्यकाल भरी पाइने तलव, भत्ता नलिने घोषणा गर्नु भएको र आफ्नो तलव समाजिक कामका लागि प्रदान गर्नुभएको समाचार २०७५ भदौ २६ गते विभिन्न सञ्चार माध्ययममा प्रकाशन भएको छ । 

तलबभत्ता लिँदैनन् ढोरपाटनका मेयर

बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले आफ्नो तलब तथा भत्ता लिनुभएको छैन । निर्वाचनमै उहाँले तलबभत्ता नलिने घोषणा गर्नुभएको थियो । 

तलवभत्ता शिक्षा क्षेत्रमा खर्च
बाग्लुङकै बडिगाड गाउँपालिका ५ का वडाध्यक्ष अर्जुनप्रसाद खरेलले पनि तलब तथा भत्ता लिनुभएको छैन । आफ्नो पाँचवर्षे कार्यकालमा तलबभत्ता नलिने घोषणा गर्नुभएको हो । 

भत्ता स्वास्थ्यचौकी र विद्यालयमा खर्च
बाग्लुङको जैमिनी नगरपालिका ७ का वडा सदस्य केन्द्र रसाइलीले पनि आफूले पाउने भत्ता वडाको स्वास्थ्य र शिक्षाको क्षेत्रमा खर्च गर्ने घोषणा गर्नुभएको छ । 

विद्यालयलाई वर्षमा एक महिनाको तलव

काठेखोला गाउँपालिका १ बाग्लुङका वडाध्यक्ष खडकबहादुर थापाले आफूले तलबका रूपमा पाउने रकम विद्यालयलाई दान दिँदै आउनुभएको छ । 

२० लाख खर्चेर विद्यालयलाई ५० थान कम्प्युटर

सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाले सरकारबाट पाएको तलब सुविधा अक्षयकोष बनाएर जम्मा गर्नुभएको छ । आफ्नो नगरपालिका मातहतका सबै जनप्रतिनिधिले बैठक भत्ता नलिने निर्णय गराएका मेयर थापाले विधालयमा कम्प्युटर वितरण गर्दै आउनुभएको छ । 

विपन्न विद्यार्थी, बिरामी र द्वन्द्वपीडितलाई तलव

दैलेखको भगवती माई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले राज्यबाट पाएको तलब विपन्न र द्वन्द्वपीडितको सहयोगमा खर्च गर्नुभएको छ । 

वडाध्यक्षले दिए दुई सय ५० ज्येष्ठ नागरिकलाई न्यानो लुगा

कैलालीको गोदावरी नगरपालिका १ का अध्यक्ष शर्मानन्द भट्टले आफ्नो तलवले ज्येष्ठ नागरिकलाई न्यानो कपडा प्रदान गर्ने लगाएतका काम गर्दै आउनुभएको छ । 

व्यक्तिगत रकम थपेर टोल सुधार र गरीब विद्यार्थीका लागि खर्च 

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका ८ का वडाध्यक्ष लीलाकुमार चौहानले राज्यबाट पाएको तलब–सुविधा मात्रै सामाजिक काममा खर्च गर्नुभएको छैन यसमा व्यक्तिगत रकमसमेत थपेर सहयोग गर्नुभएको छ । 

तलबको पैसाबाट तीनवटा विद्यालयमा अक्षयकोष

पर्वतको कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले तलब प्रदान गर्ने कार्यविधि पारित भएसँगै तलब लिनुभएको छैन । उहाँले आफ्नो तलबभत्ताको रकम शैक्षिक क्षेत्रमा खर्च गर्दै आउनुभएको छ । 

नगरपालिकालाई फ्री वाइफाइ जोन बनाउने योजनामा मेयर

मोरङको रंगेली नगरपालिका मेयर दिलीप बगडियाले पद सम्हालेदेखि प्राप्त तलब तथा भत्ता व्यक्तिगत प्रयोजनका लागि खर्च नगरेर सामाजिक काममा लगाउनुभएको छ । 
उहााले रंगेलीलाई फ्री वाइफाइ जोन बनाउने र सामाजिक क्षेत्रमा आफ्नो तलव खर्च गर्ने काम गर्नुभएको छ । 

अक्षयकोष स्थापना

म्यादीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले अक्षयकोष स्थापना गर्नुभएको छ । 

विद्यार्थीलाई सहयोग

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजाले आफ्नो तलब सामाजिक क्षेत्रमा लगाउनुभएको छ । शिक्षा क्षेत्रमा सहयोग प्रदान गर्ने र शैक्षिक स्तर सुधारका लागि आफुले सहयोग गर्ने उहाँले बताउनुभयो । 

स्कूल र क्याम्पसमा खर्च
म्याग्दीकै मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले पनि आफ्नो पारिश्रमिकबापतको रकम शिक्षा क्षेत्रमा खर्च गर्दै आउनुभएको छ । 

दिवंगत छोरीको नाममा एक वर्षको तलब सामाजिक सेवामा

नवलपरासीको गैँडाकोट नगरपालिका १६ का वडाध्यक्ष गोबर्धन ज्ञवालीले एक वर्षको पारिश्रमिक विभिन्न सामाजिक काममा खर्च गर्दै आउनुभएको छ । 

आधा तलब लिँदैनन् शुक्लागण्डकीका मेयर

तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले आफूले पाउने तलबको आधा रकम सामाजिक काममा खर्चचनुभएको छ । 

सामाजिक काममा खर्च

रोल्पाको सुनील स्मृति गाउँपालिका २ खुङ्ग्रीका वडाध्यक्ष नेत्रबहादुर गिरीले कार्यकालभरिको तलबभत्ता समाजसेवामा खर्चिने घोषणा गर्नुभएको छ । 

कोष बनाएर खर्च गर्ने तयारीमा पाँचखपनका मेयर

संखुवासभाको पाँचखपन नगरपालिकाका मेयर विपिन राईले आफ्नो तलव सामाजिक कार्यमा खर्च गर्ने घोषणा गर्नुभएको छ । 

सडक मर्मतमा खर्च

संखुवासभाको पाँचखपन १ का वडाध्यक्ष टेकबहादुर बुढाथोकीले मासिक तलबसुविधा सामाजिक कार्यमा खर्च गर्दै विकास निर्माण, शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रको सुधारका लागि अग्रसर बन्नुभएको छ । 

अपांगता भएकालाई मेयरको तलबले खुट्टा

पाल्पाको रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले अपांगता भएकाहरुलाई सहयोग गर्नुभएको छ । 

गरीब र दलितका लागि तलब

पाल्पाकै बगनाशकाली गाउँपालिकाका अध्यक्ष कृष्ण बस्यालले गरिब, दलित र अशक्तलाई आफ्नो तलवले शिक्षा, स्वास्थ्य र जीवनयापनका लागि सहयोग गर्दै आउनुभएको छ । 

दुर्व्यसनीदेखि एचआइभी संक्रमितसम्मलाई उपचारमा सहयोग

धरान उपमहानगरपालिका १८ का वडाध्यक्ष नरेन्द्र प्रवीण राईले सरकारले दिने सेवा–सुविधा सामाजिक काममा खर्च गर्नुभएको छ । 

तलबवापत पाएको रु २० लाख सामाजिक क्षेत्रमा

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा सुविधावापत पाएको रु २० लाखभन्दा बढी रकम सामाजिक काममा खर्चनुभएको छ । विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णता दिन सुविधावापत पाएको रकम खर्चनुभएको हो ।

सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्षको तलव विद्यालयलाई
सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापामगरले आफू जननिर्वाचित भएपछि पाँच वर्षे कार्यकालमा पाएको सम्पूर्ण तलब भत्ता एवं पारिश्रमिक विद्यालयलाई सहयोग प्रदान गर्नुभएको छ । 
विद्यालयमा आउने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न तथा कापी, कलम, किताब किन्न नसक्ने बालबालिकालाई शैक्षिक सामग्री प्रदान गर्ने उद्देश्यले उहाँले विद्यालयमा स्थापना भएको ‘जगत भैरव प्रतिष्ठान’ लाई पाँच वर्षको तलब भत्ताबापतको रु १५ लाख हस्तान्तरण गर्नुभएको हो ।
मेयरको तलव मजदुरलाई 
झापा कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले आफ्नो एक बर्षको तलव वापतको रकम स्थानीय मजदुरको हितकोषलाई प्रदान गर्नुभएको समाचार प्रकासन भएको छ । 
यति मात्र हैन धेरै जनप्रतिनिधिहरुले आफ्नो सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ । जनप्रतिधिहरुले यसरी सेवा सुविधा नलिने घोषणा गर्द मतदाता उत्साहित हुने मात्र हैन आफ्नो जननिर्वाचित प्रतिनिधि प्रति सकारात्मक पनि बन्दै जान्छन् । 

तर कतिपय यस्ता जननिर्वाचित प्रतिनिधिपनि छन् जसले आफु पदमा पुगेपछि कमाउने बाहेक अरु केही सोचेनन् । भ्रष्टाचार, अनियमितता लगाएतका विभिन्न आरोपमा बाहिर आएका केही प्रतिनिधि घट्ना जस्तै भित्र भित्रै हुने चलखेल र सेटिङको कुरा बेग्लै विषय भयो ।

आज हामीले यसरी विभिन्न समयमा भ्रष्टाचार र अनियमितताको आरोपमा पक्राउ परेका र दोषि ठहरनै भएका केही प्रतिनिधिको बारेमा विभिन्न सञ्चार माध्ययमा प्रकासित समाचारलाई समेट्न खोजेका छौं । 

८ लाख घुस सहित गाउँपालिकाका अध्यक्ष पक्राउ 
जाजरकोटको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसी ८ लाख घुस सहित पक्राउ परेको समाचार २०७६ माघ १० गतेका विभिन्न सञ्चार माध्ययममा प्रकासित भएको छ । विभिन्न उपभोक्ता समितिबाट काम सम्पन्न भएपछि घुस लिएको आरोपमा अध्यक्षलाई नियन्त्रणमा लिइएको थियो । 

निःशुल्क सिफारिसमा दुई लाख घुस लिइयो
शिःशुल्क दिनुपर्ने सिफारिस दिन दुई लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी बर्दघाट–सुस्ता पश्चिम रामग्राम नगरपालिका–१८ का वडाध्यक्ष गोपाल डिस्वा मगरविरुद्ध विशेष अदालतमा मुद्दा दायर  गरेको थियो । 

सडक ग्राभेल गर्न सहज गरिदिने भन्दै रकम माग
मोरङको जहदा गाउँपालिका–१ का वडाध्यक्ष उमेशकुमार शाहले ग्राभेल सडक निर्माण योजनाको सम्झौता गरी कार्यान्वयनलगायतको काममा सहजीकरण गरिदिने भन्दै २१ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

वडाध्यक्ष र सदस्य मिलेर घुस
अख्तियारले महोत्तरीस्थित भँगाहा नगरपालिका–८ का वडाध्यक्ष मोहमद रफिक आलम र सदस्य कारी साहु तेलीसहित तीनविरुद्ध मुद्दा दायर गरेको थियो । आयोगका अनुसार वडासदस्य कारी साहु तेली र वडाध्यक्ष आलमले सेवाग्राहीसँग धर्मपुर सडक नाला तथा पिसिसी ढलानको कार्य सम्पन्न भएपछि एक लाख ६० हजार रूपैयाँ घुस लिएका थिए । 

सांसद विकास कोषको रकमबाट घुस
बाराको महागढीमाई नगरपालिका–६ का अध्यक्ष रामजीप्रसाद बरैले सांसद विकास कोषको रकमबाट विद्यालयको कम्पाउन्ड वाल बनाउन उपभोक्ता समिति गठन गरी काम सुरु गर्नुअघि नै दुई लाख ७५ हजार रुपैयाँ घुस लिएको पाइएपछि मुद्धा दायर गरिएको थियो । 

धर्मशालाको बजेटमा पनि घुस
अख्तियारले महोत्तरीको एकडारा गाउँपालिका–४ का वडासदस्य रामचन्द्र रायविरुद्ध मुद्दा दायर गरेको थियो । धर्मशाला निर्माणको रकम निकासालाई सहज गरिदिन र काममा अवरोध नगर्न भन्दै उनले सेवाग्राहीबाट लिँदै गरेको ३६ हजार रुपैयाँ घुससहित अख्तियारले पक्राउ गरेको थियो । 

मोहियानी जग्गा छुट्याउन सिफारिस गरिदिन पनि रकम माग
गत १३ जेठमा अख्तियारले सप्तरी सुरुंगा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मियाँविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मोहियानी जग्गा छुट्याउन सिफारिस गरिदिने बहानामा २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारले मियाँलाई पक्राउ गरेको थियो । 

धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री ८ लाख रूपैयाँ सडक छेउमा फालेर भागेपछि अख्तियारले यस बारेमा छनविन गरेको छ । 

भवन निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको सूचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पिछा गरेको थाहा पाएपछि अध्यक्षले पैसा फालेर फरार भएका थिए । विभिन्न स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरू घूस लिएको तथा भ्रस्टाचार गरेको आरोपमा पक्राउ पर्ने तथा उनीहरूविरुद्ध मुद्दा पर्ने गरेका छन् ।

घूस लिँदै गर्दा पक्राउ परेका यी जनप्रतिनिधि

रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष सरोजकुमार पाण्डेले २ हजार रूपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ मंसिर २८ गते विशेष अदालतमा आरोपपत्र दर्ता गरेको थियो।
२०७७ असोज २९ गते जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष शुभनारायण मण्डलले २४ हजार रूपैयाँ घुस लिएको आरोपमा अख्तियारले विशेष अदालतमा आरोप पत्र दर्ता गरेको थियो।
यसैगरी  २०७६ भदौ १९ गते महोत्तरीको भंगहा नगरपालिकाका वडाध्यक्ष मोहम्मद रफिक आलम, वडा सदस्य कारी साहु तेली र मतियार मुकेश साह सहितलाई अख्तियारले स्टिङ अपरेसनमा नियन्त्रणमा लिई १ लाख ६० हजार रूपैयाँ घुस रकम बराबर बिगो कायम गरी विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।
मोरङको जहदा गाउँपालिका वडा नम्बर १ का कार्यवाहक वडाध्यक्ष उमेशकुमार साहलाई अख्तियारले २१ हजार रूपैयाँ घुस लिएको अवस्थामा २०७६ मंसिर २६ रंगे हात पक्राउ गरेर २७ गते विशेष अदालतमा आरोपत्र दर्ता गरेको थियो।
नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १८ बर्दघाट सुस्ता पश्चिमका वडाध्यक्ष गोपाल डिस्वा मगरलाई २०७६ पुष २७ गते २ लाख रूपैयाँ नगद घुससहित रंगेहात पक्राउ गरेर आरोपपत्र दर्ता गरिएको थियो ।

भ्रस्टाचारको मुद्दा 

सिन्धुपालचोकको लिशंखुपाखर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष कैलाश थापाले आफैं उपभोक्ता समितिको अध्यक्ष बनेर रकम भ्रष्टाचार गरेको आरोपमा अख्तियारको मुद्दा   खेप्नु प¥यो ।

वडावासीहरूको समस्यालाई समाधान गर्ने भनी पेटकु खानेपानी आयोजना र मायाखोला मुहान फरक–फरक आयोजनालाई एउटै आयोजनासँग समावेश भएको हो भनी झुठो बोलेको आरोप छ । 

कम काम भए पनि बढी भुक्तानी गरेको आरोपमा सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष घनश्याम शर्मा सहित अन्य कर्मचारीहरू माथि भ्रष्टाचारको  मुद्दा   खेप्नु प¥यो ।

गलत घरबाटोको सिफारिश गरी राजश्व दाखिलामा हानी पुर्‍याउने, गलत लिखत तयार गरेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष श्यामबाबुप्रसाद चौरसियाविरूद्ध भ्रष्टाचारको मुद्दा  खेप्नु प¥यो ।

कम्बल खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा रौतहटको राजदेवी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सनुप महतोसहित विभिन्न कर्मचारीहरूविरूद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा  खेप्नु प¥यो ।