२४ बैशाख, २०८१ सोमबार

04:18:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्वावलम्बन लघुवित्तले बाँड्यो ५ हजार ८ सय १० कित्ता लिलामी सेयर

२१ माघ, २०७८

स्वावलम्बन लघुवित्तले बाँड्यो ५ हजार ८ सय १० कित्ता लिलामी सेयर

काठमाडौं
नबिल बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी सेयर बाँडफाँड गरिएको छ । कम्पनीले  माघ ५ गतेदेखि माघ १८ गतेसम्म १ लाख ६२ हजार ४ सय ९८ कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएको थियो ।

लघुवित्तको उक्त सेयर माघ २० गते निष्कासन तथा बिक्री प्रबन्धकको रोहवरमा खोली प्रचलित कानून बमोजिम ५ हजार ८ सय १० कित्ता सेयर बाँडफाँड गरिएको हो । साथै सेयर बाँडफाँड सम्बन्धी जानकारीहरू निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सम्पर्क गरी हेर्न सकिन्छ ।